२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव प्रचारमा सरकारी गाडी

अ+ अ-

काठमाडौं । बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन् । संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् ।

बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सिँचाइमन्त्री सञ्जयकुमार गौतम, बर्दिया २ बाट उम्मेदवार बनेका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, सोही क्षेत्रबाट माओवादी उम्मेदवार रहेका विनाविभागीयमन्त्री सन्तकुमार थारूले चुनाव प्रचारमा सरकारी गाडी कुदाइरहेका छन् । थारूले जिल्ला प्रशासनबाट गाडी झिकाएर प्रयोग गरिरहेका छन् भने दहित र गौतमले मन्त्रीको हैसियतमा चढ्ने गाडी प्रयोग गरेका छन् ।

कांग्रेसका तर्फबाट धनुषा २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कृषिमन्त्री रामकृष्ण यादव, कांग्रेसकै तर्फबाट धनुषा ४ मा उम्मेदवार बनेका खानेपानीमन्त्री महेन्द्र यादव र माओवादीका तर्फबाट धनुषा ३ मा उम्मेदवार बनेका विनाविभागीयमन्त्री रामसिंह यादवले पनि सरकारी गाडी दुरुपयोग गरिरहेका छन् । माओवादीको तर्फबाट कालिकोटमा प्रदेश सभामा उम्मेदवार रहेका विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरु–सुरुमा चुनाव प्रचारमा सरकारी गाडी प्रयोग गरेका थिए । स्थानीयस्तरमा आलोचना हुन थालेपछि उनले सरकारी गाडीको प्रयोग रोकेका छन् ।

त्यस्तै, उर्जाराज्यमन्त्री कुन्ती शाहीले पनि सरकारी गाडीको दुरुपयोग गरिरहेकी छिन् । उनले सरकार र संसद सचिवालयबाट दोहारो गाडी सुविधा लिएकी छिन् । संसद विघटन भइसक्दा पनि उनी सचिवालयबाट लिएको बा।२झ १६९२ नम्बरको गाडी अझै फिर्ता गरेकी छैनन् । समानुपतिक उम्मेदवार रहेकी उनी गृहजिल्ला दैलेखमा चुनावी प्रचारमा छिन् ।

सरकारी गाडी फिर्ता नगरेका संसद्का पूर्वपदाधिकारीहरू चुनावी प्रचारमा गृहजिल्लामा व्यस्त छन् । पूर्वउपसभामुख यादव १० दिनदेखि सप्तरीमा छन् । स्रोतका अनुसार उनी तत्काल काठमाडौं फर्किने मनस्थितिमा छैनन् । लोकतान्त्रिक फोरमको सचेतकको हैसियतमा सरकारी गाडी प्रयोग गरिरहेका चौधरी अहिले दाङमा छन् । माओवादी केन्द्रकी नेतृ सीता नेपालीसमेत एक महिनादेखि सुर्खेतमा छिन् । उनी दोस्रो चरणको निर्वाचन अर्थात् २१ मंसिरपछि मात्रै काठमाडौं फर्किने छिन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिको हैसियतमा सरकारी गाडी प्रयोग गरिरहेका कांग्रेस नेता भीष्मराज आङदेम्बेले भने शुक्रबार गाडी फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ । स्रोतका अनुसार सामाजिक न्याय तथा मानवअधिकार समितिको सभापतिको हैसियतमा सरकारी गाडी प्रयोग गर्दै आएका राप्रपाका श्रेष्ठ हाल गृहजिल्ला महोत्तरीतिर छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका सरकारमा सहभागी विभिन्न दलका शीर्ष नेताहरू भने निजी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरू गोपालमान श्रेष्ठ, कृष्णबहादुर महरा, विजयकुमार गच्छदार, कमल थापाले चुनाव प्रचारका लागि निजी तथा भाडाका गाडी प्रयोग गरेका छन् ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी विनाविभागीयमन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, शिवकुमार मण्डललगायतले निजी सवारीसाधन प्रयोग गरिरहेका छन् । त्यस्तै, भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर, कानुनमन्त्री यज्ञबहादुर थापा, वाणिज्यमन्त्री मीन विश्वकर्मा राज्यमन्त्रीहरू नरबहादुर चन्द, डिल्ली चौधरीलगायतले पनि भाडाका सवारीहरू प्रयोग गरिरहेका छन् ।

संसद् विघटन भएको एक महिना बितिसक्दा पनि पूर्वउपसभामुख गंगाप्रसाद यादवले संसद् सचिवालयबाट सुविधामा लिएको गाडी फिर्ता गरेका छैनन् । सरकारी गाडी चढेर उनी गृहजिल्ला सप्तरीमा वाम गठबन्धनको प्रचार गरिरहेका छन् ।

राप्रपा नेता सुशीलकुमार श्रेष्ठले पनि संसदीय समितिको सभापतिका हैसियतमा सचिवालयबाट लिएको बा.१झ ८४९६ गाडी फिर्ता गरेका छैनन् । उनले सरकारबाट पनि बा.१झ ५२०९ नम्बरको गाडी लिएका छन् ।

तत्कालीन लोकतान्त्रिक फोरमको प्रमुख सचेतकको हैसियतमा सचिवालयको गाडी लिएका योगेन्द्रप्रसाद चौधरीले पनि अझै फिर्ता गरेका छैनन् । उनी गृहजिल्ला दाङमा चुनाव प्रचारमा छन् ।

त्यस्तै, माओवादी केन्द्रकी सचेतकको हैसियतमा पाएको सुविधाको गाडी सीता नेपालीले पनि फिर्ता गरेकी छैनन् । उनी गृहजिल्ला सुर्खेतमा चुनाव प्रचारमा छिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments