२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरीय ट्राफिक कार्यालय भवनको शिलान्यास

अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले एक समारोहका बीच भवन शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको सहयोग आवश्यक पर्नेमा पनि उनले जोड दिए ।

उक्त भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले कूल एक करोड ४१ लाख ८८ हजार ६५० को लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण हुने बताए ।

उनले यातायात सेवा केन्द्र तथा यातायात कार्यालयले भक्तपुरमा सेवा शुरु गर्दा सवारी चालक अनुमति पत्र लिनका लागि राजश्व तिर्न सहज भएको चर्चा गर्दै यो कार्यालय भवन निर्माण पछि सवारी साधनको नामसारीलगायत जनताका लागि आवश्यक सम्पूर्ण सेवा सञ्चालन गर्न सुझाव दिए ।
भवन निर्माण समितिका संयोजक एवं ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेतुले कटुञ्जेको कित्ता नं २३३३ रहेको १३ आना क्षेत्रफलमा आगामी एक वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य रहेको बताए ।

आफ्नै संयोजनमा कोटेश्वर, दरबारमार्ग कालीमाटी र सातदोबाटोमा ट्राफिक प्रहरी कार्यालय भवन निर्माण भइसकेको चर्चा गर्दै उनले भक्तपुरको भवन पनि निर्धारित समयमै सम्पन्न हुनेमा जोड दिए । संयोजक हाछेतुले भवन निर्माणमा सहयोग गर्न दातालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस