२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानसँग नेपाल ८-० ले पराजित

अ+ अ-

काठमाडौँ । १९ औँ एसियाली खेलकुद, अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ। आज साँझ भएको खेलमा नेपाल जापानसित ८-० गोलअन्तरले पराजित भएको हो।

जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो। समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो। जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो।

खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो। यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन्। यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन्। खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५-० गोलको फराकिलो अग्रता दिलाइन्।

जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो। खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँ गोल गरिन्। यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई  ७-० गोलको अवस्थामा पुर्‍याइन। यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८-० गोलअन्तरको जित दिलाइन्। जापानले पहिलो खेलमा बङ्गलादेशलाई पनि ८-० गोलअन्तरले पराजित गरेको थियो।

यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो। नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। समूह डी मा रहेको नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो जितपछि जापान ६ अङ्क जोडेर समूह डी को शीर्ष स्थानमा छ। यस्तै भियतनाम दोस्रो स्थानमा तथा बङ्गलादेश अङ्क तालिकाको पुछारमा रहेको छ।

नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बङ्गलादेशसित खेल्ने छ।

प्रतिक्रिया दिनुहोस