२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिगललाई आममाफी दिने सरकारको निर्णयमा गगन थापाको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संलग्न कुनै व्यक्ति अपराधमा जोडिए त्यसको भारी सिङ्गो पार्टीले नबोक्ने प्रस्टाएका छन्।

सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका महामन्त्री थापाले आममाफीको निर्णय अहिले चर्चामा रहेको बताए।

‘राष्ट्रपतिजीले माफी दिएको विषय अहिले चर्चामा छ। सरकारले निर्णय गर्छ, राष्ट्रपतिजीको त औपचारिकता मात्र हो,’ उनले भने, ‘कुनै बेला पार्टीमा रहेको व्यक्ति अपराधमा जोडिएको छ तर सरकारले आममाफी निर्णय गर्दा त्यसको भारी काँग्रेसमाथि आइपरेको छ। तर हामीलाई त केही पनि थाहा छैन। किन आममाफी दिइयो पनि थाहा छैन।’

पार्टीमा संलग्न जो(कोही अपराधमा जोडिए त्यसको भारी पार्टीले नबोक्ने थापाले प्रस्टाएका छन्। ‘अपराध गर्नेले नै भारी बोक्नुपर्छ,’ उनले भने।

बाँकेका योगराज ढकाल (रिगल) लाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ‘रिगल’ भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस