हाम्रोमा… « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

हाम्रोमा…


६ आश्विन २०८०, शनिबार


हाम्रोमा…

                  - शान्तिदीप रायमाझी

हाम्रोमा कुनै काम
अध्ययनबिना हुन्छ
तन मनबिना हुन्छ
त्यहाँ कुनै
सोध हुँदैन
खोज हुँदैन
अनुसन्धान हुँदैन

काम गरिन्छ
सोसल मिडिया हेरिन्छ
विरोध समर्थनको यसो
मेसो हेरिन्छ

अनि
जोखिन्छ भार
जब
गाली वर्षा बढी आउन थाल्छ
सडक तात्न थाल्छ
र्‍याली हुन थाल्छ
अनुरोधको विरोध

र,
विरोधमा अवरोध नहुने देखेपछि
परिवर्तन गर्नुको विकल्प रहँदैन
अनि बल्ल
सुधार्न तिर लागिन्छ
संशोधन तिर लागिन्छ
थपघट गर्न थालिन्छ
एक पटक होइन
हरेक पटक
यस्तै यस्तै गरिन्छ
यस्तै क्रम दोहोरिन्छ
देखिन्छ

नीति फेरिन्छ यहाँ
तर गर्ने परिपाटी कहिल्यै फेरिँदैन
भाँती पुर्‍याइँदैन
थिति बसाइँदैन
रीति फेरिँदैन

र, त हरबखत
कसै न कसैको दुखिरहन्छन् मनहरू
तन्किरहन्छन् तनहरू

चलिरहन्छन् आन्दोलनहरू…

प्रतिक्रिया दिनुहोस