२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिट्टै टुङ्ग्याऔँ : गणेश तिमिल्सिना

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरू आफैँ सक्षम भएर टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका थिए । शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने र कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिन नहुने उनको भनाइ थियो ।

शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले पीडितहरूसँग पनि छलफल गरेर उनीहरूले न्याय पाउने गरी शान्ति प्रक्रियाको विषय टुङ्गिनुपर्नेमा जोड दिए । नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर प्रक्रिया टुङ्गोमा पुर्‍याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उनको सुझाव थियो ।

‘हामी जब सशक्त हुन्छौँ । बलियो हुन्छौँ । देशमा दलहरू, सरकार बलियो हुन्छ भने अन्तर्राष्ट्रलाई यो हाम्रो राष्ट्रिय आवश्यकता हो । त्यसकारण तिमीले यसमा धेरै हस्तक्षेप नगर । हाम्रा केही आफ्ना विशिष्टताहरू छन् । त्यसकारण यसलाई हाम्रो अनुकुल मान भन्न सकिन्छ । जब हामी कमजोर हुन्छौँ अन्तर्राष्ट्रिय गुहार्ने । जहिले पनि हामी यहाँ सत्ता, समीकरण फेरबदल गर्छौँ । अनि अन्तर्राष्ट्रिय हाबी भयो भनिरहेका हुन्छौँ । जहिले पनि अन्तर्राष्ट्रियलाई दोष दिने अनि हामी सक्षम भनेर कसरी भन्ने ? अध्यक्ष तिमिल्सिनाले भनेका छन् ।

यस क्रममा उनले आफूहरू सक्षम भएर इमान्दार प्रयत्न गरेको खण्डमा अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गर्न सकिने बताएका थिए । तर यसका लागि सबै दलहरू एक ठाउँमा उभिएर साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘देशको प्रगति गर्ने कुरामा हामी आफैँ केन्द्रित भएर लागौँ । पीडितहरूसँग छलफल गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय जगतलाई कहिले कसले प्रयोग गर्ने, कहिले कसले प्रयोग गर्ने । यो शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु हुँदैन । पुरानो घाउलाई बल्झाइरहने होइन अब सल्टाउनका लागि नेतृत्व एक ठाउँमा आउनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस