२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले देखेनन् प्रतिस्पर्धी

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रूपमा उभिएका छन्, वन्यजन्तु विषयमा विद्यावारिधि गरेका उपप्राध्यापक खगेन्द्र अधिकारी । अधिकारी १७ वर्षे अध्यापन पेसा छाडेर झापा ५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए ? भन्छन्, ‘म बौद्धिक व्यक्ति हुँ, राजनीतिमा लागेर धेरै गर्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न आएको हुँ ।’

उता ओलीले निर्वाचनमा सहभागी हुँदैमा प्रतिस्पर्धी नहुने तर्क गरे । ‘चुनावमा सहभागी हुँदैमा कोही प्रतिस्पर्धी हुँदैन,’ उनले शुक्रबार दमकस्थित आफ्नो निवासमा कान्तिपुरसँग भने, ‘चुनावमा सहभागी हुनुभयो, स्वागत छ तर मेरो प्रतिस्पर्धी कोही छैन ।’ उनले कांग्रेस उम्मेदवारलाई आफूले नचिन्ने भन्दै ‘एक जना माडसाप’ चुनावमा आएको आफूले सुनेको बताए ।

कांग्रेस उम्मेदवार अधिकारीले भने ओलीसँग प्रतिस्पर्धा गर्न कुनै अप्ठ्यारो महसुस नगरेको बताए । ‘ओलीसँग डराउनुपर्ने कारण के छ ?’ उनले भने, ‘मलाई जनताको डर छ, कुरा बुझाउन सक्छु कि सक्दिनँ भन्ने ।’ उनले यस क्षेत्रलाई अघि बढाउने क्षमता आफूमा रहेको दाबीसमेत गरे । २०७० को संविधानसभा निर्वाचनमा माओवादी नेता गोपाल किरातीलाई पराजित गरेका ओली यसपटक आफैंमा बलिया उम्मेदवार हुन् । उनलाई माओवादी र राप्रपाले समर्थन गरेको छ । लामो समय प्राध्यापन पेसामा रहेका अधिकारी एक्लै चुनावी मैदानमा छन् । ओली कहिलकाहीं आफ्नो निर्वाचन क्षेत्रमा आउँछन् । नेता, कार्यकर्ता, मतदाता उनलाई भेट्न उनको निवास जान्छन् । अधिकारीचाहिँ अहिलेदेखि नै घरदैलो गरिरहेका छन्, प्रचारप्रसार बढाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments