महानिर्देशकसहित सात सहसचिवको सरुवा  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

महानिर्देशकसहित सात सहसचिवको सरुवा 


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकसहित सात सहसचिवको सरुवा भएको छ । खानेपानी मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा कमलराज श्रेष्ठलाई पठाएका छन् भने त्यहाँका महानिर्देशक रमाकान्त दुवाडीलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर पुर्‍याइएको छ । श्रेष्ठ मेलम्ची खानेपानी विकास समितिमा कार्यरत थिए । 

मन्त्रालयले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका सुरत बमलाई मेलम्ची खानेपानी विकास समितिको उप कार्यकारी निर्देशकमा सरुवा गरेको छ । यसैगरी विभागका सहसचिव बाल मुकुन्द श्रेष्ठलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेत, रामचन्द्र काफ्लेलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल, उज्ज्वल प्रजापतिलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडा सरुवा गरिएको । 

त्यस्तै मन्त्रालयका जक्की अहमदलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर सरुवा गरिएको छ । 

सहसचिवहरूमा विभाग तथा महत्त्वपूर्ण आयोजनाहरूमा जान निकै ठुलो रस्साकस्सी नै चल्ने गर्छ । जसमा मन्त्री सचिव रिझाउन सक्नेले बाजी मार्दै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस