कर्मचारीलाई दैनिक दुई सय रुपैयाँ खाजा भत्ता दिने निर्णय  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कर्मचारीलाई दैनिक दुई सय रुपैयाँ खाजा भत्ता दिने निर्णय 


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ। कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने भएको छ ।

यसअघि शेरधन राई नेतृत्वको सरकारले २०७८ असारमा कर्मचारीलाई दैनिक १०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको थियो । तर एमालेकै हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको हो ।

तर विद्युतीय हाजिरका आधारमा हाजिर भएको दिनको मात्र खाजा खर्च पाउने कोशी सरकारले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस