काँग्रेस-एमाले मिलेर सरकार बनाउने हल्लामा कुनै सत्यता छैन : बिमलेन्द्र निधि « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

काँग्रेस-एमाले मिलेर सरकार बनाउने हल्लामा कुनै सत्यता छैन : बिमलेन्द्र निधि


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाउने हल्लामा कुनै सत्यता नभएको बताएका छन्।

आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता निधिले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्कासमेत नरहेको दाबी गरेका हुन् । 

‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ त्यसमा कुनै द्विविधा नराखे हुन्छ,’ निधिले भने,‘पहिलो चरणमा प्रचण्डजी, त्यसपछि माधवजी र अन्तिम चरणमा शेरबहादुरजीले नेतृत्व गर्ने पूर्व सहमति नै छ।’

त्यसअनुसार सरकारको नेतृत्व परिवर्तन हुनसक्छ। तर, गठबन्धनमा हेरफेरको सम्भावना नरहेको नेता निधिले बताए। पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसमेत रहेको नेता निधिले नेतृत्व फेरिए पनि गठबन्धनको सरकार रहिरहने बताए।

नेता निधिले सहमतिअनुसार सरकारको नेतृत्व फेरिए पनि राजनीतिक स्थायित्वका लागि अहिलेको संसद् पाँच वर्ष चल्नुपर्नेमा आफूहरू प्रष्ट रहेको बताए।

राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनु लगायतका कुराहरू सामान्य भएको नेता निधिले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस