काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ ।’
यस्तै काँग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमणलाई गम्भीर रूपमा लिएर आक्रमणकारीलाई कारबाही प्रक्रिया अघि बढेको प्रधानमन्त्रीले बताए ।
यस्ता घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।