काठमाडौँ । वैदेशिक रोजगार विभागले जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरू गलत भएको बताएको छ ।
अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन–सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले उक्त प्रचार गलत भएको बताएको हो ।








