काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफूले दिएको सार्वजनिक बिदा कार्यान्वयन नगरेप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरले गएको बुधबार एक सूचना निकालेर आज सार्वजनिक बिदा दिएको थियो । तर, आज केही विद्यालयले महानगरको निर्णयको उल्लङ्घन गर्दै पठनपाठन गरेको गुनासो आएको महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महानगरले आगामी दिनमा स्थानीय सरकारले गरेको निर्णय अनिवार्य पालना नगरे कारबाही हुने चेतावनी दिइएको छ ।
