काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मङ्गलवार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार प्रधान न्यायाधीशमा नियुक्त गरेका थिए ।