२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत र वडा सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस लिएको र दिएको आरोपमा रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले मर्चवारी गाउँपालिकाबाट आर्थिक बर्ष २०७७/०७८ मा सम्पन्न भएका वडा नम्बर ३ मा गरिएका विकास निर्माणका कार्यहरू, मर्चवारी गाउँपालिकामा सौर्य ऊर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६ र वडा नम्बर ७ का वडाहरूमा गरिएका विकास निर्माणका कार्यहरू, गाउँपालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाई कटाई तालिम कार्यक्रमहरू समेत गरी गाउँपालिकाका तत्कालीन बर्षको अन्त्यमा सरकारी रकम भुक्तानी दिँदा गाउँपालिकासँग सरोकार राखी आर्थिक कारोबार गरेका समूहबाट तेह्र लाख पैँतालिस हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

उनीहरूले असम्बन्धित व्यक्तिका नाममा खाता खोलेर रकम असुल्दै आएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरीसहितको निवेदन आएको थियो ।

उक्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी फाइलसहित अख्तियारमा पठाएको थियो ।

उक्त कार्यमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्याल, वडा नम्बर ५ र ६ का वडा सचिव गुलाब यादव, प्रमुख प्रशासकीय अधिकृतका छोरा पवन कुमार अर्याल, वडा नम्बर ३ का वडाध्यक्ष नारायण बहादुर यादव, सम्बृद्ध नेपालका प्रोप्राइटर बाबु तिवारी, कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रोप्राइटर अमरीश यादवविरुद्ध तेह्र लाख पैँतालिस हजार रुपैयाँ बारावरको बिगो मागदाबी लिई आज विशेष अदालत मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।