२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोमा बेपत्ता बाबु छोरामध्ये छोराको शव भेटियो

अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण आइतबार दिउसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका-७ राखामका बाबुछोरा बेपत्ता भएकामा  छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका  ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा  १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए ।  निमदोर्जे अझै फेला पार्न नसकिएको  जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले बताए ।

आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मुलखोलाले बगाए पछि उनीहरू बेपत्ता भएका थिए । उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने हिजो साँझ नै भेटिएका थिए । 

सो घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको थियो  । अविरल वर्षा जारी रहेकाले खोजीकार्यमा कठिन भएको प्रहरीको भनाइ थियो । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मङ्गबार तामाकोशी नदीमा तितेमाछा टिप्न गएका विगुगापा-२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो । 

त्यस्तै गत बिहीबार गौरीशङ्कर गाउँपालिका-७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको  मृत्यु भएको थियो भने सोही स्थानको पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको प्रहरीको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस