काठमाडौं । कान्ति बाल अस्पतालमा १५ जना कर्मचारीको अभावमा एक वर्षदेखि आइसियूका १८ बेड सञ्चालनमा आउन सकेको छैनन् । ५२ बेड आइसियू रहेको कान्तिमा स्टाफ नर्स अभावले १८ बेड सञ्चालनमा आउन नसकेको हो ।
सुरुमा आइसियूका १८ बेड रहेको कान्तिमा २२ पुस २०७३ देखि बिरामीको चापलाई मध्यनजर गर्दै ५२ बेड पुर्याइएको थियो । बेडको संख्या भारी वृद्धि गरे पनि आवश्यक कर्मचारीको व्यवस्थापन नहुँदा सञ्चालनमा समस्या भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।