२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राम्रो काम नगरे मन्त्री र सचिवहरूको जिम्मेवारी फेरबदल हुन्छ : प्रधानमन्त्री  

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम नगरे मन्त्री तथा कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । मन्त्री तथा कर्मचारीहरूको कामप्रति आफू सन्तुष्ट हुन नसकेको उनले बताएका हुन् । 

बिहीबार सिंहदरवारमा उपप्रधानमन्त्री, मन्त्री सचिवहरू सहभागी कार्यक्रममा उनले सुधारका केही प्रतिबिम्ब देखिए पनि सन्तुष्ट हुने अवस्था नरहेको बताए ।

उनले अब कार्यसम्पादन सम्झौताका आधारमा मन्त्रीहरूको रिपोर्ट कार्ड बन्ने र सम्झौता अनुसार काम नभए मन्त्री, सचिव, विभाग तथा आयोजना प्रमुखको जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिए ।

‘अब विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोही अनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले २०७९ पुस १८ र १९ गते सबै मन्त्रालय तथा केन्द्रीय स्तरका कार्यालयका सचिव र कार्यालय प्रमुखहरूसँग छलफलका क्रममा सेवा प्रवाहलाई चुस्त बनाउने तथा विकास निर्माणको गतिलाई तीव्रता दिने निर्देशन दिएको पनि उनले बताए ।

‘मबाट निर्देशन भएका विषय, गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजनाअनुरूप मन्त्रालय तथा निकायहरूबाट भएका कामहरूबाट आ-आफ्नो क्षेत्रमा सुधारका साङ्केतिक प्रतिविम्बहरू देखिएका छन्,’ उनले भने, ‘तर पनि यतिमा सन्तुष्ट हुने अवस्था भने छैन । गत आर्थिक वर्षको योजना र कार्यप्रणालीमा उत्साहजनक सुधार हुन नसकेको यथार्थ हामीसामु छ ।’

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा छिटो छरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले हुने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस