स्वास्थ्यकर्मीलाई मेयर साम्पाङको आग्रह : डेंगु फैलिएको धरानमा सहयोग गर्नुहोला « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

स्वास्थ्यकर्मीलाई मेयर साम्पाङको आग्रह : डेंगु फैलिएको धरानमा सहयोग गर्नुहोला


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा एक पोष्ट राख्दै मेयर साम्पाङले स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रमा स्वयंसेवा गर्न चाहने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी ज्युहरूले सहयोग गर्नु होला ! सम्पर्क स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिका।’

पछिल्लो समय धरान लगायत अन्य स्थानीय तहहरूमा डेंगु संक्रमण तिव्र मात्रामा फैलिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस