२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यले धारणा राख्ने

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।

बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ।

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो। तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो। संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणको बचाउमा उत्रिएका थिए। इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो।

उनीहरूले पार्टी पदाधिकारीबीच देखिएको फरक मतले पार्टी बलियो हुन नसक्ने बताए। त्यस्तै प्रदेश सभापतिहरूले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखे। अधिकांश सदस्यले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरूप चल्न नसकेको धारणा राखे।

त्यस्तै केही नेताहरुले कोशी प्रदेश नामकरणमा पार्टीले आधिकारिक धारणा नबनाएको भन्दै प्रश्न गरे। यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानु पूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरूको जोड थियो।

बैठकमा सह-महामन्त्रीहरूलाई जिम्मेवारी नदिइएको, भ्रातृ संस्थाहरूलाई पार्टीले मरणासन्न अवस्थामा पुर्‍याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हाबी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेकोलगायत विषय औँल्याएका थिए।

साउन २ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १० वटा एजेन्डा र विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ।