२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा अफ्रिकाबाट चिम्पान्जी तस्करी

अ+ अ-

काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पान्जीको तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ । दुईवटा चिम्पान्जीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिक छन् ।

नेपाली नागरिक सञ्जीव भारती र राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन र शरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खान पक्राउ परेका हुन् । गिरोहका नाइके पाकिस्तानी नागरिक खान हुन् ।

नेपाल ट्रान्जिट, भारतमा तस्करी सो समूहले चिम्पान्जी तस्करीमा नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको प्रहरीले जनाएको छ । ‘भारतमा लैजान चिम्पान्जी नेपाल ल्याइएको देखिन्छ,’ सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले भने, ‘त्यसमा केही नेपालीले पनि सहयोग गरेका थिए ।’ पक्राउ परेका तीनजना भारतीय चिम्पान्जी लिन नेपाल आएका थिए । पाकिस्तानी नागरिक पैसा लिनका लागि मंगलबार मात्र दुबईबाट नेपाल आएका थिए । हालसम्मको अनुसन्धानअनुसार पाकिस्तानी नागरिक नै नाइके भएको प्रहरी अधिकारीहरू बताउँछन् । नाइजेरियादेखि भारतसम्म चिम्पाञ्जी तस्करीको सबै प्रबन्ध उनले नै मिलाएका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सो चिम्पाञ्जी नाइजेरियामा रहेका भारतीयहरूले पठाएका हुन् । समूहका दुईजना भारतीय नाइजेरियामा पक्राउ परिसकेका छन् । पाकिस्तानी नागरिक खानले नै भारतीयलाई नाइजेरियामा सम्पर्क गरी तस्करीमा सघाएका हुन् । दुबईमा बस्ने खान विभिन्न किमिसका अवैध गतिविधिमा संलग्न व्यक्ति भएको हुन सक्ने प्रहरी आशंका छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments