कोशी सरकारले दीर्घकालीन निर्णय गर्न नपाउने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोशी सरकारले दीर्घकालीन निर्णय गर्न नपाउने


२७ असार २०८०, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न कोशी प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको छ।

हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो।

उद्धव थापालाई मुख्यमन्त्री नियुक्तिको निर्णयको सक्कल फाइल झिकाउन र सो मुद्दालाई निरन्तर सुनुवाइमा राख्न समेत सर्वोच्चले आदेश गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस