२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा गाउँपालिका अध्यक्ष झासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिकाको लक्ष्मी मार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउने क्रममा भ्रष्टाचार गरेको अभियोगमा ११ जना विरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले गाउँपालिका तत्कालीन अध्यक्ष जय नारायण साह, उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख शासकीय अधिकृत, चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सवइन्जिनियर विज्ञान चम्लागाँईसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकाबाट विनियोजित रकमबाट गाउँपालिका वडा नं ३,६ र ७ भित्र पर्ने ‘लक्ष्मी मार्ग बाटो उच्चस्तरीय ग्राभेल’ आयोजनमा भए गरेको कामभन्दा २२ लाख बढी भुक्तानी दिएको अनुसन्धानबाट पाइएको आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले जानकारी दिए।

आयोगले लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुव्वा (राई) भन्ने शन्तमाया सुव्वा लिम्बूले नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कामहरु नगरी झुठा बिल भरपाइका आधारमा भुक्तानी लिएको आयोगको दाबी छ।

त्यस्तै वडा नं ६ का तत्कालीन वडाध्यक्ष हरि बहादुर वानिया, वडा नं ७ का अध्यक्ष नेत्र प्रसाद उप्रेती र वडा नं ३ का वडाध्यक्ष मोति लाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहे पनि उनीहरुले आयोजना गुणस्तर कायम गरेर सम्पन्न भएको प्रतिवेदन दिएका थिए।