काठमाडौँ । बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज ढाका प्रस्थान गरेको छ ।
बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोली आज बङ्गलादेश गएको हो ।
एशियाली खेलकुदको तयारीका रूपमा समेत हेरिएको प्रतियोगिता अन्र्तगत पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ ।
गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।







