काठमाडौँ । प्रहरीले नाबालिगलाई क्लबभित्र प्रवेश गरेको आरोपमा एलओडीका अर्का सञ्चालकलाई पनि पक्राउ गरेको छ।
शुक्रबार काठमाडौँ ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ परेका हुन् । बिहीबार अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए।
उनीहरूलाई बालबालिका सम्बन्धी ऐन २०७५ उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइँदै छ । उनीहरूलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।







