राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर कपिलवस्तुमा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर कपिलवस्तुमा


२१ असार २०८०, बिहिबार


काठमाडौँ । कपिलवस्तुको तौलिहवामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ६५ औँ एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहका बीच शुभारम्भ गरिएको छ ।

एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रूपमा समुद्घाटन गरेका हुन् ।
शाखा कार्यालय तौलिहवा मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरूले समेत बैंकिङ्ग सेवा लिन सकिने छ ।

उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस सेवा, डेविड कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन

Tags :
प्रतिक्रिया दिनुहोस