काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।
दिउँसो चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने विषयमा पनि छलफल हुने बताइएको छ ।
आइतबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए।
बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने बताइएको छ ।
गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ।
कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।
एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली काँग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।