२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुमत जुटाएर कोशीमा सरकार बनाउने पाँचदलीय गठबन्धनको दाबी

अ+ अ-

काठमाडौँ । पाँचदलीय गठबन्धनका नेताहरुले कोशी प्रदेशमा बहुमतको सरकार गठनको प्रयास गर्ने बताएका छन् । तर सहमतीय सरकार गठनको सम्भावना पनि नकारेका छैनन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएसँगै एमाले नेतृत्वको सरकार ढलेको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन् ।

पाँचदलीय गठबन्धनका नेताहरूका अनुसार सुरुमा बहुमतीय सरकार गठनको प्रयास हुनेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य छ । काँग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ प्रदेशसभा सदस्य छन् । अर्थात् दुबै (एमाले-राप्रपा र पाँचदलीय) गठबन्धनसँग समान ४६ मत मात्र छ ।

काँग्रेस संसदीय दलका नेता उद्धव थापाले बहुमत जुटाएर गठबन्धनको सरकार गठनको प्रयास हुने बताए । प्रदेशसभामा ९३ सदस्य रहेको भन्दै उनले भने, ‘अहिले हामीसँग ४६ छ । बाँकी रहेको सङ्ख्याबाट प्लस गराउने कोसिस गर्छौँ ।’ राप्रपाको समेत सरकारमा आउने सम्भावना रहेको उनले बताए ।

यद्यपि सहमतीय गठनको सम्भावना पनि उनले अस्वीकार गरेनन् । काँग्रेस संसदीय दलका नेता थापाले भने, ‘सहमतीय सरकारको कुरा भइराखेको छ । त्यो पनि हुन्न भन्न सकिन्न ।’

प्रदेशको अवस्थालाई हेरेर स्थायित्वका लागि सहमतीय सरकार गठन गर्नुपर्ने हुनसक्ने बताए । उनले अघि भने, ‘अहिले पहिलो प्रयास चाहिँ गठबन्धन दलहरू भित्रैबाट बहुमत पुर्‍याएर सरकार बनाउने र चलाउने कोसिस गर्छौँ ।’

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

गठबन्धनमा सरकारको नेतृत्वबारे पनि सहमति जुटेको छैन । एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् । सरकारमा माओवादी र काँग्रेसको दाबी छ ।

प्रतिक्रिया दिनुहोस