मलाई विश्वासको मत दिनुस्, नभए मध्यावधिमा जान्छ : मुख्यमन्त्री कार्की « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मलाई विश्वासको मत दिनुस्, नभए मध्यावधिमा जान्छ : मुख्यमन्त्री कार्की


१४ असार २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरे ।

‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौँ, यो प्रदेशसभा तयार छ, नेपालको सङ्घीयता तयार छ ?’ उनले प्रश्न गरे ।

आफू मुख्यमन्त्री भएको ६ महिनामा कहीँ पनि नचुकेको भन्दै उनले आफूलाई विश्वासको मत मत नदिए नदिनेहरूप्रति नै अविश्वास पैदा हुने बताए ।

‘तपाईँहरूले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुपर्‍यो’ उनले भने, ‘सबैथोक ठिक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ ।’

प्रदेश संरचनालाई मुखै देखाउन नसक्ने गरी बदनाम गर्ने प्रयास गरिएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसप्रति विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस