काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको रिट रिट सर्वोच्चको संवैधानिक इजलासमा परेको छ।
लामिछानेको सांसद पदको योग्यतासम्बन्धमा युवराज पौडेल (सफल)ले रिट दायर गरेका थिए। उक्त रिटमा लामिछानेले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको छ ।
यो रिट पहिलोपटक संवैधानिक इजलासमा परेको हो। रिट निवेदक युवराज पौडेल सफलले पनि संविधानकै विषयमा प्रश्न उठाएका थिए।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपनाप्रधान मल्ल छन् ।







