रुपान्तरणमा सहयोग पुर्याउन निजामती सेवाबाट अपेक्षित भूमिका
१. संविधानवमोजिम संघीय संरचनालाई कार्यरुप दिन कानुन मस्यौदा तयार गर्ने र पारित कानूनहरुको कार्यान्वयन गर्ने
२. समावेशी प्रवन्धको पुनरावलोकन गरी लक्षित समूहमा पुग्ने उपायको खोजी गर्ने
३. वृत्ति विकासमा संकुचन नआउनेगरी तीनवटै तहका संगठनमा समायोजन र वितरणलाई स्वीकार गरी कार्यक्षेत्रमा उत्रने
४. सेवा प्रवाहका वखत नागरिकसँग सम्वाद वढाउने र प्रत्यक्ष जवाफदेहिताका औजारको प्रयोग गर्ने
५. प्रविधिमैत्री, विविधतामैत्री, नागरिकमैत्री र जोखिममा परेका समूहप्रति संवेदनशील निजामती सेवाको छवि निर्माण गर्ने
६. मौलिक एवं सफल पक्षहरुको पक्षपोषण र गलत प्रवृत्तिलाई अन्त्य गर्ने उपायको खोजी गर्ने
७. केन्द्रमा रहेका संरचना विनिर्माण गर्ने र दुर्गममा रहेर पुर्याउनुपर्ने सेवाको वातावरणलाई थप आकर्षित गराउने ।
(नोट: विज्ञ एवं पाठकज्यूहरुबाट थप सुझाव अपेक्षा गरिएको छ)
वस्तुगत प्रश्नहरु
१. हरेक वर्ष जेठ महिनामा दशहरा मेला लाग्ने पर्यटकीय स्थल कुन हो ?
(क) हलेशी (ख) गोशाइकुण्ड (ग) गोकर्ण (क) गोदावरी
२. “लोकतन्त्रको गहिराई हाम्रा सडकको फुटपाथको चौडाइले नाप्न सकिन्छ” यो भनाई कसको हो जसले शहरी यातायात व्यवस्थापनमा उदाहरणीय काम गरेका थिए ?
३. जलवायु परिवर्तनको समस्या सँग जुध्न United Nation’s Framework Convention for Climate Change, UNFCC, COPE 13 बाट पारित भएको REDD अवधारणा नेपालमा परियोजनाको रुपमा लागू छ । REDD को पूरा रुप के हो ?
४. सिपाही र रैती, दैलाको वत्ति, फर्केर हेर्दा, मृत्यु एक प्रश्न, जव घाम लाग्छ, लामा पाचुके, बाघ भैरव (नाटक), क्रान्तिका लहरहरु (कविता संग्रह), गुलाव र गुराँश (निवन्ध संग्रह) जस्ता साहित्यिक सृजना गर्ने सर्जक को हुनुहन्छ ?
५. ५ लिटर तोरीको तेलबाट ५० मिलिलिटरका कतिवटा पाउच वनाउन सकिन्छ ?
सही उत्तरहरु:
१. (ख) गोशाइकुण्ड
२. N. K. Penalosa (Former Mayor of Bogota City, Columbia)
३. Reduced Emission from Deforestation and Degradation
४. सत्यमोहन जोशी
५. १०० वटा
छोटो प्रश्नोत्तर
१. व्यवस्थापन विकासका आधारभूत पक्षहरु के के हुन् ?
क्षमता विकास भन्ने वित्तिकै तालिम र व्यवस्थापन विकासको सन्दर्भ आइ नै हाल्छ ।कुनैपनि संगठनको वर्तमान र भविष्यको आवश्यकता पूरा गर्नमा केन्द्रित रहने व्यवस्थापन विकासले देहायका ३ वटा आधारभूत पक्षहरु वा कृयाकलापहरु समेटेको हुन्छ :
- संगठनको उद्देश्यप्राप्तिका लागि विभिन्न आवश्यकताहरुको परख र विश्लेषण
- हाल रहेका र संभव रहेका सीपको लेखाजोखा
- खाडल पूरा गर्न अपनाउनुपर्ने योजना तथा रणनीतिहरु
२. जलवायु परिवर्तनको प्रमुख कारकको रुपमा रहेको हरित गृह ग्याँस (Green House Gases, GHZ’s) को मात्रा घटाउने उपायहरु उल्लेख गर्नुहोस् ?
हरित गृह ग्याँसको मात्रा कम गरी जलवायु परिवर्तनको समस्या न्युनिकरण गर्न चाल्नुपर्ने प्रमुख कदमहरु यसप्रकार रहेका छन् :
१. कार्वन उत्सर्जन घटाउने : उद्योगमा प्रयोग हुने उपकरण परिवर्तन गरी कार्वन उत्सर्जन नगर्ने तुल्याउने, वनडढेलो एवं आगलागी हुन नदिने, पेट्रोलियम पदार्थको अति उपयोगलाई दुरुत्साहन गर्ने ।
२. कार्वजन शोषण क्षमता वृद्धि गर्ने : हरियाली क्षेत्र, संरक्षित क्षेत्र र वनक्षेत्र वृद्धि गर्ने । दिगो वन व्यवस्थापनका लागि समुदायलाई अगुवाइ गर्न दिने ।
३. कार्वन व्यापारलाई सरलीकृत गरी उपयोग गर्ने : कार्वन शोषणको नक्शाकन/मापन लाई सरलिकृत गर्ने र कार्वन व्यापारबाट प्राप्त कोषलाई वातावरण संरक्षणमा पुन लगानी गर्ने ।
नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३८ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक