सुनको मूल्य स्थिर, चाँदीको घट्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासङ्घले जनाएको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस