पूर्व प्राथमिक तहका पाठ्यपुस्तक पठनपाठन गराउन स्वीकृति लिनुपर्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक पठनपाठन गराउन स्वीकृति लिनुपर्ने


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृतिविना पठनपाठन गराउन नपाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको हो ।

२० वैशाखमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्री सरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृति गर्ने निर्णय अनुरूप केन्द्रले आगामी शैक्षिक सत्र २०८१ देखि पूर्व प्राथमिकता तहमा प्रयोग हुने पाठ्यसामग्रीहरू यस केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाई तथा विक्री वितरण गर्न भनेको हो ।

यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीहरू समेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृति भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ । पाठ्यसामग्री मूल्याङ्कनका लागि पेस गर्ने सम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा पुनः सूचना प्रकाशित गरी जानकारी गराइने केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस