सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न पर्ने माग « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न पर्ने माग


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । रास्वपाका सांसद मनिष झाले सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नु पर्ने बताएका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछिको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै झाले लेखा समितिको छलफलप्रति आम चासो अलि बढी रहेको बताउँदै प्रत्यक्ष प्रसारण गर्नु पर्ने बताएका हुन् ।

जेष्ठ सदस्यको हैसियतमा सार्वजनिक लेखा समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने मागका सम्बन्धमा के गर्न सकिन्छ त्यसबारे ख्याल गर्न समिति सचिवालयका कर्मचारीहरूलाई निर्देश गरेका छन्।

पहिलो बैठकमा १९ जना सदस्य सहभागी थिए । १५ जना सांसदले आफ्नो धारणा राखे । सार्वजनिक लेखा समिति २६ सदस्यीय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस