काठमाडौँ । प्रेस काउन्सिल नेपालले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको हो ।
आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुरमा दरखास्त दिने अन्तिम मिति भने जेठ २५ गतेसम्म रहेको काउन्सिलले सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।
जसअनुसार अधिकृत (प्रशासन) छौठौमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा)मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुस् सूचना:
