२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिट्टै कृषि ऐन ल्याइन्छ : कृषिमन्त्री भुसाल

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताएका छन् ।

मन्त्रालयले बिहिबार आयोजना गरेको कार्यक्रममा उनले यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर ऐन ल्याउने तयारी भइरहेको बताए । मुलुकमा कृषि उपज बढाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि मल, बीउबिजन, विषादी न्यूनीकरण, यान्त्रिकीकरण, बजारीकरणको व्यवस्थापनमा महत्त्व दिएर कृषकलाई सहुलियत दिने गरी ऐन ल्याउन विज्ञसँग छलफल लिइएको बताए ।

मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै सबैभन्दा ठूलो कुरा कामप्रतिको लगाव महत्त्वपूर्ण रहने बताए । हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी जाँचसम्बन्धी नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचे जस्तो काम हुन नसकेको भन्दै यतातर्फ गम्भीर हुन कर्मचारीलाई उनले निर्देशन दिए ।

कृषि उपजको प्रयोगमा उपेक्षा हुन थालेकामा उनले चिन्ता व्यक्त गरे । तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले मानवीय स्वास्थ्यसँग सम्बन्धित विषयमा गम्भीर रहेर सेवा प्रवाह गर्न आग्रह गरे । कानूनको अभावमा काम हुन नसक्ने स्थिति आए सरकारलाई खबरदारी गर्नुपर्ने भन्दै उनले अरु काम सम्बन्धित कार्यालयको हुने बताए । सबै आआफ्नो काममा लागे मात्रे सोचेजस्तो सफलता हात पर्ने उनको भनाइ थियो ।