जोखिममा रहेको अरुण तेस्रोको बाँध निर्माण स्थल अनुगमन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

जोखिममा रहेको अरुण तेस्रोको बाँध निर्माण स्थल अनुगमन


२३ बैशाख २०८०, शनिबार


खाँदबारी । जिल्ला विपद् व्यवस्थापन समितिले सङ्खुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पहिरो खसेर बनेको तालको स्थलगत अनुगमन गरेको छ।

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलको बाँध निर्माण स्थलमा गत आइतबार पहिरो खसेपछि झन्डै तीन किलोमिटर ताल बनेको छ ।

अरुणमा पानीको बहाव बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीयवासीले गरेपछि विपद् व्यवस्थापन समितिले अनुगमन गरेको हो ।

अरुण तेस्रो आयोजनाले अरुणमा २६ मिटर अग्लो अस्थायी बाँध बनाएर खोला फर्काएको थियो । अरुण थुनिएपछि अरुण तेस्रोमा बाँध निर्माण स्थलको काम ठप्प भएको छ । अझै पनि सुक्खा पहिरो ५० मिटर माथिबाट लगातार खसिरहेको प्रहरीले जनाएको छ ।

टोलीमा सेनाको पूर्वी पृतनापति उपरथी आशबहादुर तामाङ र २ नं बाहिनी हिलेका बाहिनी पति सहायक रथी महेशकुमार थापाको पनि सहभागिता थियो । बाँध निर्माण स्थलमा भारतीय कम्पनी जयप्रकाश एशोसिएट्स लिमिटेडले बाँध बनाउने काम गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस