२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ समितिको सभापतिमा एमालेको अडान, भागवण्डा मिलाउन सकस

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको लेखासहित ४ समितिको सभापतिमा अडान नछाडेपछि भागवण्डा मिलाउन सकस परेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सांसद सङ्ख्याको आधारमा आफूहरूले ४ समितिको सभापति पाउनुपर्ने अडान राखेको हो । 

शुक्रबार पनि प्रधानन्यायाधीश नियुक्तिदेखि संसदीय समिति गठन लगाएको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साढे दुई घण्टा छलफल भएपनि एमालेले पुरानै अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको छ । 

प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि बाहिरिने क्रममा ओलीले समसामयिक विषयमा कुराकानी भएको बताएका थिए । 

तर, प्रधानमन्त्री प्रचण्ड र ओली बीचको संसदीय समितिलाई छिटो टुङ्ग्याउने विषयमा छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताएका छन् ।

छलफल विषयगत समिति र संयुक्त समितिमा नै केन्द्रित रहेको उनको भनाइ छ । दुवै पक्षले आफ्नो अडान छाड्न नसक्दा आजको छलफलमा दुई नेताहरूका बीचमा कुनै समझदारी बन्न नसकेको बताए ।

अब सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित तीन दलबीच सहमतिको प्रयास गरिने भएपनि अर्को बैठकको मिति तय नभएको उनले बताए ।