२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसँग विद्युत् व्यापारबारे विशेष सम्झौता गरिँदै 

अ+ अ-

काठमाडौँ । विद्युत् व्यापारबारे नेपाल र भारतबीच विशेष सम्झौता गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा विद्युत् व्यापारका लागि दुई देशको सरकारीस्तरमै विशेष समझदारी गर्न तयारी थालिएको हो ।

प्रधानमन्त्री प्रचण्ड वैशाख अन्तिम सातातिर भारत भ्रमणमा जाने तयारीमा छन् । 

नेपाल र भारतले ४ कात्तिक, २०७१ मा ऊर्जा व्यापार सम्झौता (पीटीए) गरेका थिए । २५ वर्षका लागि भएको सो सम्झौतालाई छाता मानेर पूरक सम्झौताको तयारी भएको हो ।

नेपाल र भारतबीच विद्युत् व्यापारको सम्झौता भएका बेला नेपालले भारतमा विद्युत् निर्यात थालेको थिएन । नेपाल लोडसेडिङमा रहेकाले त्यतिबेला नेपालमा विद्युतको आयात बढाउनुपर्ने आवश्यकता थियो ।

अहिले अवस्था बदलिएको छ । नेपाललाई हिउँदमा भारतको बिजुली अत्यावश्यक रहेपनि वर्षायाममा नेपालले उत्पादनको झण्डै आधा बिजुली भारतलाई बेच्नुपर्ने अवस्था छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको आसन्न भ्रमणमा भारतसँग बिजुलीको बजार सुनिश्चित गर्ने गरी सम्झौता गर्न नेपालको प्रस्ताव छ । यसबारे अहिले आवश्यक तयारी र छलफल अघि बढ्ने बताइएको छ । 

भारतसँग हुन लागेको सम्झौताले भारतसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता गर्न र सरकारी तवरमै बिजुली किनबेचको संयन्त्र बनाउन सहज हुने विश्वास गरिएको छ । 

विद्युत् व्यापारका लागि स्थायी संयन्त्र बनाउन पनि भारतसँग प्रस्ताव गरिएको छ ।