काठमाडौँ। महोत्तरीको बलवा नगरपालिकामा कर्मचारीहरूले कामकाज ठप्प पारेका छन् । नगर उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधमा कमार्चारीहरूले कामकाज रोकेका हुन् ।
वैशाख ४ गते (सोमबार) एक एनजिओको कार्यक्रम चलिरहेको बेला एक्कासी आएर उपप्रमुखले गालीगौलौच र हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए ।
उनले प्रशासनसँग भने, ‘यो घटना वास्तविक हो, दुर्व्यवहार भएकै हो । एक एनजिओको बैठकमा बसिरहेको बेला उहाँ (उपप्रमुख) ले तपाईँले मेरो निर्देशन नमान्ने, यती चोटि बोलाउँदा पनि नआउने भन्दै गालीगलौज गर्दै पानीको बोतल प्रहार गरिन् ।’
योजना विवादका कारण उपप्रमुख रामदुलारीले अधिकृत ठाकुरमाथी हातपात गरेको कर्मचारीहरूले बताएका छन् । साथै अधिकृत ठाकुरले जिल्ला प्रशासनमा उजुरी दिइसकेको बताए ।
घटनामा संलग्न उपप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गर्दै सोही दिन प्रशासनमा निवेदन दर्ता गराएको उनको भनाई छ ।
कर्मचारहिरुले एक विज्ञप्तिमा जारी गर्दै उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै घटनामा सङ्लन व्यक्तिहरू र उपप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गरेका छन् ।
प्रशासनले उपप्रमुखलाई सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन् ।