२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा बिरामीको बेहाल

अ+ अ-

बाँके । राप्ती सोनारी गाउँपालिका ६ की कुकुरी थारूलाई हनहनी ज्वरो आएको दुई हप्ता बितिसक्यो । न औषधि छ न, घरमा खानेकुरा । घरमा उनीमात्रै होइन, आठैजनाको परिवार सबै बिरामी परेका छन् । कसैलाई खोकीले सताएको छ, कसैलाई ज्वरो आएको छ अनि कसैको शरीर चिलाउने रोग छ ।

केही दिनअघि राप्तीमा आएको बाढीले उनको घर बगायो । सरकारले राहत भन्दै सात दिनपछि ४० किलो चामल दिएको थियो । त्यो पनि सकियो छ । एउटा त्रिपाल टाँगेर अहिले उनीहरू त्यसैमा दिन काटिरहेका छन् । उनीमात्रै होइन, बाढी प्रभावित क्षेत्रका सबैजसो पीडितलाई अहिले भाइरल ज्वरो अनि रुघाखोकी र शरीर चिलाउने रोगले सताउन थालेको छ ।

बाढी पसेपछि गाउँभरिका धारामा पानी आउन छाडेको छ । ह्यान्ड पाइप बगाएको छ भने बाढीले हिलोमा डुबाइदिएको छ । अहिले जताततै पिउने पानीको अभाव छ । दूषित पानीको प्रयोग अनि बाढीमा पुरिएर मरेका पशुपक्षीको दुर्घन्धका कारण अहिले प्रभावित बस्तीमा संक्रमण फैलिन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

राप्ती सोनारी ७ ढलैयाकी रकजकुमारी चौधरीको पनि ब्यथा उस्तै छ । गाउँमा भएका स्वास्थ्यचौकीमा पर्याप्त औषधि छैन । समयमै उपचार पाउन उनीजस्ता सबैजसो बिरामीलाई उत्तिकै सास्ती छ । बाढीले गाउँभरिको बाटो अनि पुल भत्काइदिएपछि यातायात सहज तरिकाले चल्न सकेको छैन । ‘घरमा सबै बिरामी छन्, बाढीले घरसँगै सबै अनाज पनि बगायो, खाने केही छैनु, उनी भन्छिन्, ‘छिमेकीले खान दिइरहेका छन्, सरसापट गरेर औषधि गर्‍यो, सन्चो हुँदैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments