२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यका भवनमा चरम लापरवाही : डेढ सय योजना वर्षौदेखि अलपत्र

अ+ अ-

काठमाडौं । निर्माण व्यवसायीका चरम लापर्वाही, जग्गा विवाद, अनुगमन अभाव र सरकारी उदासीनता लगायतका कारण वर्षौदेखि सहरी विकास मन्त्रालय अन्तर्गतका ३१ जिल्लामा सञ्चालन गरेको एक सय ३३ वटा स्वास्थ्य भवनसम्बद्ध आयोजना अलपत्र परेका छन् ।

ठेक्का हात पार्न अति न्यूनतम मूल्य कबोल गर्ने, पेस्की लिएर बेपत्ता हुने र मुख्य रूपमा ठेकेदारका बदनियतका सिकार भएका कारण यी आयोजना वर्षौदेखि सम्पन्न हुन नसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा। रमेशप्रसाद सिंहले ठेकेदारको गैरव्यावासायिक आचरणका कारण अलपत्र परेका आयोजनामा जिल्ला अस्पताल, प्रसूति गृह, अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्यचौकी, स्वास्थ्यचौकी, चिकित्सक आवासगृह छन् । ‘यी भवन समयमै पूरा नहुँदा आमनागरिकको स्वास्थ्योपचारमा ठूलो असर परेको छ, सिंहले शुक्रबार अन्नपूर्णसित भने, ‘यी समस्याग्रस्त अधुरा आयोजना मन्त्रालयको टाउको दुखाइको विषय भएको छ ।

मन्त्रालयका अनुसार इलाम, मोरङ धनकुटा, ओखलढुंगा, उदयपुर, सप्तरी, धनुषा, सिन्धुली, रामेछाप र दोलखाका आयोजना वर्षौदेखि अधुरा छन् । यसैगरी, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, पर्सा, गोरखा, लमजुङ, बाग्लुङ, पाल्पा रुपन्देही, रोल्पा, दाङ, बाँके, सुर्खेत, जुम्ला, डोटी र कैलाली गरी जम्मा १ सय ३३ आयोजना सरकारी लक्ष्यभन्दा बाहिर छन् ।

सिंहका अनुसार एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७३÷७४ मा निर्माणाधीन एक हजार ५२ मध्ये एक सय ८१ आयोजना रुग्ण छन् । आयोजनाका ठेकेदार सम्पर्कविहीन र निर्माण कार्य स्थगित भएका ३०, कालोसूचीमा परेको एउटा, जग्गा विवादित भएका दुई, ९० प्रतिशतभन्दा कम भएका २७, ९० प्रतिशतभन्दा बढी प्रगति भएका ४१ र कार्य सम्पन्न भएका ३२ छन् । एउटै जिल्लामा २२ वटासम्म आयोजना रुग्ण बनेका छन् भने उपत्यकाका तीनवटै जिल्लामा सञ्चालित आयोजना अधुरा रहेको उनले बताए ।

‘लो बिडिङमा ठेक्का हात लिने त्यसपछि २० प्रतिशत मोबिलाइजेसन पेस्की लिने गर्छन्ु, सिंहले अन्नपूर्णसँग भने, ‘त्यो रकम अन्यत्रको आयोजनामा लगानी गरिदिने प्रवृत्ति ठेकेदारमा छ । केही काम गरिहाले पनि सजिलो काम गर्ने र बढी बजेट छुट्याउने बाँकीमा समस्या झन् बढ्ने हुनाले आयोजना रुग्ण बन्ने गरेका हुन् । कतिपय आयोजना हात पार्न मिलेर संयुक्त रूपमा ठेक्कामा पार्ने र पछि एकआपसमा सम्बन्धमा कठिनाइ उत्पन्न हुने कारणले पनि त्यसको मार आयोजनामा पर्ने गरेको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस