२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समिति राष्ट्रिय सम्मेलन आजदेखि

अ+ अ-

काठमाडौँ । आजदेखि काठमाडौँमा पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलन हुँदैछ। काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि उक्त सम्मेलन हुन लागेको हो ।

दुई दिन चल्ने न्यायिक समिति राष्ट्रिय सम्मेलनको आज बिहान १०:३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने छन् । प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सम्मेलनमा साढे चार सय पालिकाले सहभागी जनाउने र पाँच वटा कार्यपत्र पेश हुने महानगरका उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

डंगोलकाअनुसार देशभरमा स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाई विकास गर्ने सम्मेलनको मुख्य उद्देश्य हुनेछ।

यस्तै सम्मेलन देशभरका न्यायिक समितिले गरिरहेको काम कर्तव्य क्षेत्राधिकार अस्पष्ट भएर अलमलमा परिरहेको तथा सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव आदानप्रदान गर्ने मुख्य उद्देश्य छ।

सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा कार्यपत्र प्रस्तुत हुनेछ।

दुई दिनसम्म छलफल भएका विषयलाई समेटेर विवाद निरूपण काठमाडौँ घोषणापत्र जारी हुनेछ। उपप्रमुख डंगोलका अनुसार सम्मेलनमार्फत देशभरमा न्यायिक समितिले गर्ने काममा एकरूपता ल्याउने काम गर्न सहयोग पुग्ने विश्वास छ। दोस्रो दिन विवाद निरूपण काठमाडौँ घोषणा पत्र जारी गर्दै समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस