काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
लामिछानेको दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्नेबारे कार्यालयले विभिन्न आधार तथा कारणहरू उल्लेख गरेको छ।
प्रहरीबाटै मुद्दा चलाउनु नपर्ने भन्दै पेस भएको रायसहितको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, उच्च सरकारी वकिल कार्यालयले समेत मुद्दा चलाउनु नपर्ने भन्दै निर्णय गरेका थिए।