देश बनाउन सकिने कुरा छोटै समयमा बुझेँ : राजेन्द्र लिङ्देन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

देश बनाउन सकिने कुरा छोटै समयमा बुझेँ : राजेन्द्र लिङ्देन


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले छोटो समय सरकारमा रहँदाका आफ्ना बुझाइहरू भनेर चार वटा बुँदासमेत उल्लेख गरेका छन्।

जसमा पहिलो बुँदामा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन्। त्यस्तै, दोस्रो बुँदामा देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ भन्ने उल्लेख गरेका छन्।

तेस्रो बुँदामा नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ भनेर लेखेका लिङदेनले चौथो बुँदामा देश बनाउन नसकिने र नबन्ने रहेनछ बनाउन सकिन्छ र बन्छ। भन्ने उल्लेख गरेका छन्।

पुस १० मा नेकपा एमालेसहित सात दलको गठबन्धन बनेसँगै उपप्रधान तथा ऊर्जा मन्त्री बनेर पार्टीबाट सरकारको नेतृत्वमा पुगेका लिङ्देनसहित सबै मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।

राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिएर समीकरण बदलिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस