सम्मानित अदालतको अन्तरिम आदेश स्वागतयोग्य छ : बालेन साह  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सम्मानित अदालतको अन्तरिम आदेश स्वागतयोग्य छ : बालेन साह 


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकाका मेयर बालेन्द्र साह (बालेन)ले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । सर्वोच्चले निर्वाचन आयोगले निर्वाचन खर्च ढिलो बुझाएबापत स्थानीय जनप्रतिनिधिहरूसँग माग गरेको जरिवाना कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेपछि बालेनले आदेशको स्वागत गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा अदालतको अन्तरिम आदेश राख्दै आफूहरूले समयमा नै आयोगमा खर्चको विवरण बुझाउन गएको तर तोकिएबमोजिम नभएका कारण आयोगले दर्ता नगरेको उल्लेख गरे । तिसौँ दिनमा बिदा रहेकाले आफूहरूले ३१ औँ दिनमा विवरण बुझाएको बालेनले लेखेका छन् ।

विवरण समयमा नबुझाएकै कारण जरिवाना कति हुनुपर्ने ?, कुनै पनि कानूनी भूलको जरिवाना जति पनि राख्न पाइन्छ ? भन्दै उनले प्रश्न पनि गरेका छन् ।

अदालतको आदेशले निर्वाचित सवा एक लाख जनप्रतिनिधिहरूलाई राहत भएको उनले उल्लेख गरेका छन् । जरिवाना तिर्नसक्ने ल्याकतको हुनुपर्ने पनि उनले धारणा राखेका छन् ।

सम्बन्धित समाचार : बालेनसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको आदेश

Tags :
प्रतिक्रिया दिनुहोस