३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा क्षेत्राधिकार बढाउन माग

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार बढाउन माग गरेको छ ।

आफ्नो ३२ औँ स्थापना दिवसमा राज्यका प्रमुख पदाधिकारीहरू समेत उपस्थित रहेको कार्यक्रममा आयोगले नीतिगत सुधार र कानुन संशोधन गरेर क्षेत्राधिकार बढाउन माग गरेको हो ।

बहुदल स्थापनाको अर्को वर्ष २०४७ माघ २८ मा भ्रष्टाचार नियन्त्रण गर्न छुट्टै स्वायत्त र संवैधानिक हैसियतसहित अख्तियारको स्थापना भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारको क्षेत्राधिकार सार्वजनिक क्षेत्रमा मात्रै सीमित गरिएकोले अनुचित कार्य,स्वार्थको द्वन्द्व, निजी तथा गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचारमाथि पनि अनुसन्धान गर्न पाउने गरी नीतिगत र कानुनी सुधार गर्न आग्रह गरे ।

प्रमुख आयुक्त राईले आयोगको अनुसन्धानका कारण विकास निर्माणको काममा अवरोध नभएको समेत जिकिर गरे । गत महिना प्रधानमन्त्री कार्यालयमा भएको सचिवहरूको बैठकमा अख्तियारले अनुसन्धानका नाममा हस्तक्षेप गरेको,सक्कलै फाइल मगाई लामो समय रोकेर राख्दा विकासका काम प्रभावित भएको गुनासो उठेको थियो । तर,आयोगको वार्षिकोत्सव कार्यक्रममा प्रमुख आयुक्त राईले विकास निर्माणका आयोजना प्रभावित हुने गरी फाइल मगाउने र काम रोक्का राख्ने प्रवृत्ति अन्त्य गरेको लामो समय भइसकेको दाबी गरे ।

प्रमुख आयुक्त राईले आयोगलाई कारण देखाई कुनै पनि विकास निर्माण तथा सेवा प्रवाह गर्ने आफ्नो पदीय जिम्मेवारीबाट विमुख नहुन सार्वजनिक पदाधिकारीहरूलाई चेतावनी समेत दिए ।

उनले पूर्वाधारहरूको निर्माणमा वर्षेनी ठुलो रकम खर्च भए पनि गुणस्तर कायम हुन नसकेको र दिगो व्यवस्थापन हुन नसकेर स्रोतको दुरुपयोग भएको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराए ।

तीनै तहका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ लगायतका संवेदनशील सेवा क्षेत्रमा सरकारी स्रोतको हानी नोक्सानी र दुरुपयोग गरिएको भन्ने उजुरीहरू पछिल्लो दिनहरूमा बढिरहेको भन्दै प्रमुख आयुक्त राईले तदारुकताका साथ छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिए ।

ढुङ्गा, गिट्टी, बालुवाको अनुचित उत्खनन तथा दोहनलाई नियन्त्रण गर्नुपर्ने अवस्था रहेको भन्दै प्रमुख राईले त्यस्ता उजुरीमाथि निर्भीक भएर अनुसन्धान भइरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस