गृहमन्त्रीको बहिर्गमन र त्यसपछिको परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौं : कांग्रेस « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गृहमन्त्रीको बहिर्गमन र त्यसपछिको परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौं : कांग्रेस


२१ माघ २०७९, शनिबार


काठमाडौँ । सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बहिर्गमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजीनामा र त्यसपछिको अवस्थाका बारेमा सुक्ष्मढङ्गले हेरिरहेको प्रतिक्रिया दिए । उनले अब कसलाई पुन:गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने, ‘अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौँ त्यसपछि हामी टिप्पणी गरौँला ।’

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री लामिछानेको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस