२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैदी सरुवा गर्ने क्रममा सिराहा कारागारमा झडप, चार जना घाइते

अ+ अ-

काठमाडौँ । सिराहास्थित जिल्ला कारागारमा तीनजना कैदीलाई सरुवाका लागि रमाना लिएर निस्किने वेलामा कैदीबन्दीहरूबीच झडप र नाराबाजी हुँदा चारजना घाइते भएका छन्। 

कारागार व्यवस्थापन विभागको गत २२ पुसको पत्रअनुसार दुईजना कर्तव्य ज्यान र एकजना लागुऔषध मुद्दाका गरी तीनजना कैदीलाई सरुवा गराउन शनिबार बिहान रमाना पत्र बनाएर कारागारबाट निकाल्ने वेलामा झडप भएको जेलर भवेशकुमार झाले बताए। 

जेलर झाका अनुसार कारागारभित्र जडान गरिएको सिसिक्यामेराको कभरेज नपुग्ने ठाउँमा हानाहान हुँदा कारागारमा अन्य चारजना कैदी बन्दी घाइते भएपछि शनिबार दिनभर र आइतबार मध्याह्नसम्म कारागारमा नाराबाजी भएको थियो।

तत्काल कारागारको सुरक्षार्थ खटिएका प्रहरीको सहयोगमा घाइते भएका विजयकुमार महतो, ओमेन्द्रकुमार पासवान, सन्तोषकुमार पासवान र राजन पासवानलाई सिराहास्थित प्रादेशिक अस्पतालमा उपचार गरी विभागसँगको समन्वयमा सुरक्षाका लागि शनिबार रातभर जिल्ला प्रहरीमा राखिएको उनले बताए। उनका अनुसार झडप भए पनि लामा, यादव र मोक्तानसहित तीन जनालाई भने शनिबार नै झुम्का कारागार पठाइएको छ। 

कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कुल एक सय ५० जना कैदी बन्दी बस्ने क्षमता भए पनि करिब चार गुणाभन्दा बढी कैदी र थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनका अनुसार सिराहा कारागारमा ३१ महिला र तीन आश्रित तथा छ सय सात पुरुष कैदी बन्दी रहेको जनाइएको छ।