काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले सरकारले पनि बोतल र जारबाट खानेपानी उत्पादन गर्ने योजना बनाइरहेको बताएका छन् ।
आइतबार राप्ती खानेपानी फिल्टर स्टेसन योजनाको निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खानले स्वच्छ खानेपानी उत्पादन गरी बोतल र जारमार्फत वितरण गर्ने योजना कार्यान्वयन गर्ने तयारी भइरहेको बताए । मन्त्री खानले कर्मचारीलाई खानेपानी जनताको घर सम्म सहजरूपमा वितरण गर्न निर्देशन समेत दिए ।
उनले भने, ‘खानेपानी जनताको मौलिक हकमा नै पर्ने हुँदा जनताको अधिकारसँग कसैले खेलवाड गर्न हुँदैन, यदि खेलवाड गरेको पाइएमा जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइन्छ ।’ प्रदेशमा रहेका खानेपानी तथा खानेपानी फिल्टर स्टेसन योजनाहरूलाई प्रभावकारी रूपमा जनताले महसुस गर्ने गरी कार्यान्वयन गर्ने समेत मन्त्री खानले बताए ।